Cross Border Tourism in East Nepal - NATTA Province-1
FAM Tour (Province 2)
प्रदेस १ को पर्यटन प्रवर्धनको लागि प्रदेस १ मा रहेका नाट्टा, हान, DTRC लगायत अन्य पर्यटन संग सम्बद्ध संघ संस्थाका प्रतिनिथी र पर्यटन ब्यबसायी हरुको टोलीले “घुमौ पुर्ब” भन्ने अभियानको साथ प्रदेस २ मा रहेको उद्योग बाणिज्य संघ, नाट्टा, हान लगायत अन्य संघ संस्था संग अन्तरक्रिया कार्यक्रम को आयोजना गर्दै प्रदेस २ को विभिन्न पर्यटकीय स्थल हरु जनकपुर, गढ़िमाई, बिरगंज, पर्सा रास्ट्रिय निकुन्ज, भरत ताल को भमण सम्पन्न गर्यो |
भ्रमणको क्रममा २९ अक्टोबरमा जनकपुरका ट्राभल तथा होटेल ब्यबसायी संग होटेल वेलकम मा अन्तरक्रिया कार्यक्रम गरियो |
त्यस्तै गरी ३० अक्टोबरमा बीरगंज उद्योग बाणिज्य संघ को सभाहलमा उद्योग बाणिज्य संघका अध्यक्षको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा बिरगंजका ट्राभल, होटेल तथा उद्योगी ब्यबसायी हरुको उपस्थिति रहेको थियो | कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ता, बरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्षद्वय हरि गौतम, माधव राजपाल, सचिव मनोज दास, सह सचिव अनोज रुंगटा, पर्यटन तथा हवाई यातायत समिति सह संयोजक सञ्जय अग्रवाल, नेपाल युव उद्यमी मञ्च वीरगञ्जका अध्यक्ष अनुप अग्रवाल, मकालु होटलका सञ्चालक मोहन प्रधान लगायतले प्रदेश नं २ र प्रदेश १ मा पर्यटकीय संभावना र सहकार्य गर्न सकिने ठाउँहरुको बारेमा चर्चा गरेका थिए ।
त्यसै गरी ३१ अक्टोबरमा नाट्टा प्रदेस २ को आयोजनामा पर्सा रास्ट्रिय निकुन्जको सभाहलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो | प्रदेश १ का संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरुलाई जितपुरसिमरा उपमहानगरपालिका को उपप्रमुख श्री सरस्वती देवि चौधरी ज्युको प्रमुख आतिथ्यतामा निजि क्षेत्र FNCCI, NATTA, HAN, FONHATE, DTRC, CCTPF का प्रमुख तथा प्रतिनिधिहरु, निकुञ्जका चिफ वार्डेन, निकुञ्जका सुरक्षा प्रमुख नेपाली सेनाका कर्णेल , निकुञ्ज सङ्ग जोडियका बन समितिका अध्यक्षज्युहरु सबै मिलेर स्वागत गर्दै, शुभकामना आदानप्रदान सहित अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।
भ्रमणमा प्रदेश नं १ बाट आन्तरिक पर्यटन पुनरत्थान समिति संयोजक भविस कुमार श्रेष्ठ, नाट्टा प्रदेश नं १ का अध्यक्ष उदय कुमार श्रेष्ठ, हान प्रदेस १ का अध्यक्ष राजन श्रेष्ठ, नाट्टा प्रदेश नं १ का महासचिव नवीन खरेल, भुतपुर्ब बरिष्ठ उपाध्यक्ष ज्ञानमणि नेपाल, होटल व्यवसायी महासंघ प्रदेश नं १ का अध्यक्ष राजन दंगाल, होटल व्यवसायी महासंघका महासचिव बासुदेव बराल, इटहरी होटल संघ का अध्यक्ष जीवन पराजुली, सुनसरी उद्योग वाणिज्य संघकी एलिना मगर, बर्दिबासका होटल व्यवसायी दिपेन्द्र पराजुली, होटेल ब्यबसायी प्रमेस श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
This Post Has 0 Comments