Skip to content
+977 9852674025 (President) | +977 9852672886 (Secretary) natta.era@gmail.com Kakarvitta, Jhapa, Nepal

नेपाल भ्रमण वर्ष २०२० को अवसरमा मिनी म्याराथन आयोजना

२०१९ तथा नेपाल भ्रमण वर्ष २०२० को अवसरमा झापाको मेचीनगरमा शुक्रवार सम्पन्न महिला तथा पुरुष खुला मिनि म्याराथनको उपाधि पुरुषतर्फ तेह्थुमका उमेश कन्दङ्गवा तथा महिलातर्फ मेचीनगरकी भवानी कामतले जितेका छन् । प्रतियोगितामा पुरुषतर्फ ७५ तथा महिलातर्फ २५ धावक गरी कुल १सय धावक सहभागी थिए ।

झापाको धुलावारीबाट काँकरभिट्टा सम्मको ६ किलो मिटरको दुरी कन्दङ्गवाले १९ मिनेट तथा कामतीले २५ मिनेट १६ सेकेण्डमा पार गरेका थिए । दुवैले नगद सात ÷ सात हजार रुपैयाँ प्रमाण पत्र प्राप्त गरेका थिए । यसैगरी पुरुषतर्फ २० मिनेट १५ सेकेण्डमा दुरी पार गर्दै तेह्थुमकै अञ्जित दर्जी दोस्रो तथा मेघराज राई २० मिनेट २० सेकेण्डमा दुरी पार गदैं तेस्रो भए । दुवैले क्रमस ५ हजार तथा ३ हजार नगदसहित प्रमाण पत्र प्राप्त गरे ।

महिलातर्फ २५ मिनेट २६ सेकेण्डमा निर्धारित दुरी पार गर्दै सन्धया शर्मा शिवाकोटी दोस्रो तथा २५ मिनेट ५९ सेकेण्डमा दुरी पार गरेर सलिना तामाङ तेस्रो भईन । दुवैले क्रमस ५ हजार तथा ३ हजार नगदसहित प्रमाण पत्र प्राप्त गरे ।

विजयी धावकहरुलाई १ नम्बर प्रदेश सरकार अन्तर्गतको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियत, १ नम्बर प्रदेशसभा सदस्यहरु गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली, रोटरी क्लब अफ काँकरभिट्टाका अध्यक्ष मोहन निरौला मेची उद्योग बाणिज्य संघ मेचीनगरका अध्यक्ष ऋषि तिम्सिनालगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।

मेचीनगर नगरपािलकाका प्रमुख विमल आचार्यले उद्घाटन गरेको प्रतियोगिताको विशिष्ट अतिथि उपप्रमुख मनिा पोखरेल उप्रेती हनुहुन्थयो । कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक उदयकुमार श्रेष्ठ र रोटरीका सुजन प्रधानले गर्नुभएको थियो ।

खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्घन गर्ने उद्घेश्यले नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्ट प्रदेश नम्बर १, मेची उद्योग बाणिज्य संघ मेचीनगर, रोटरी क्लब अफ काँकरभिट्टा तथा रोट्रयाक क्लब अफ काँकरभिट्टाले संयुक्तरुपमा प्रतियोगिता आयोजना गरेको नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्ट प्रदेश नम्बर १ का संस्थापक महासचिव उदयकुमार श्रेष्ठले बताउनुभयो ।

This Post Has 0 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top