Skip to content
+977 9852674025 (President) | +977 9852672886 (Secretary) natta.era@gmail.com Kakarvitta, Jhapa, Nepal

नाट्टा प्रदेश नम्बर-१ को ९औ साधारण सभा सम्पन्न

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) प्रदेश नम्बर १ को अध्यक्षमा उदयकुमार श्रेष्ठ चयन भएका छन् । झापाको बिर्तामोड स्थित होटल हिकोला हेरीटेजमा आज शनिबार भएको नवौँ अधिवेशनबाट श्रेष्ठ निर्विरोध नाट्टा प्रदेशको १ अध्यक्षमा चयन भएका हुन् ।

यस्तै वरिष्ठ उपाध्यक्षमा पुण्य भट्टराई, उपाध्यक्षमा ऋषि तिम्सीना, महासचिवमा नवीन खरेल, सचिवमा सुरेन्द्र पौडल, कोषाध्यक्षमा संजीत तामाङ्, सदस्यहरुमा मोहन सिलवाल, जीवन पराजुली,धर्मराज शिवाकोटी र चक्र बहादुर कार्की चयन भएका छन् ।

नाट्टाका नवनिर्वाचित अध्यक्ष श्रेष्ठ झापाको कांकरभिट्टामा पानामा ट्राभल्स एण्ड टुर्सका सञ्चालक हुन् । बिर्तामोड नगरपालिकाका प्रमुख धुब्रकुमार शिवकोटीको प्रमुख आतिथ्यता, नाट्टा केन्द्रको महासचिव सुधिर शिवाकोटीको बिशेष आतिथ्यता तथा निवर्तमान अध्यक्ष भुपाल श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

This Post Has 0 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top