Cross Border Tourism in East Nepal - NATTA Province-1
नाट्टा प्रदेश नम्बर-१ को कार्यालय र वेबसाइट उद्घाटन
झापाको मेचीनगर-६ , काँकरभिट्टा स्थित ग्रेस सपिंग कम्प्लेक्समा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस् नाट्टा १ नम्बर प्रदेशको प्रादेशिक कार्यालय र संस्थाको वेभसाईट www.nattap1.org उद्घाटन प्रदेश सांसद श्री श्रीप्रसाद मैनाली ज्यु बाट गरियो |अहिलेको विषम परिस्थितीमा हरेक व्यवसायीहरुले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले अघि सारेका स्वास्थ्य मापदण्डलाई कार्यान्वयन गदैं व्यवसाय सञ्चालनमा उहाँको जोड थियो ।नेपालको पर्यटनक्षेत्रको प्रवद्र्घन र विकासमा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस् नाट्टा १ नम्बर प्रदेशले खेलेको भूमिका निक्कै प्रशंसनीय रहेको भन्दैं सभासद मैनालीले हरेक व्यवसायीले आफ्ना व्यवसायलाई पर्यटकमैत्री बनाउनुपर्ने बताउनुभयो ।
सोहि कार्यक्रममा प्रमुख अतिथि मैनालीले मेची पुर्बी बस ब्यबसायी प्रा. लि. का अध्यक्ष बिष्णु श्रेष्ठ, मेचीनगर होटल व्यवसायी संघका सचिव हस्तकुमार तामाङ्ग लगायतलाई हाल कोरोनको अवस्थामा नेपाल पर्यटन बोर्डबाट प्रकासित पर्यटन क्षेत्रको लागि हेल्थ प्रोटोकल र गाइडलाईन पुस्तक समेत प्रदान गर्नुभयो । कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष उदय कुमार श्रेष्ठले गर्नुभएको थियो साथै कार्यक्रममा निवर्तमान अध्यक्ष भुपालराज श्रेष्ठ, उपाध्यक्ष ऋषि तिम्सिना, कोषाध्यक्ष संजीत तामाङ लगायत प्रदेसका अग्रज पर्यटन व्यवसायीहरुको सहभागिता थियो ।
This Post Has 0 Comments